शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतियाविन्दु बिरामीको निःशुल्क शल्यक्रिया

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

 

सिरहा /  लहान नगरपालिकाको आर्थिक र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पहिचान गरिएका ५० जना मोतियाबिन्दु बिरामीको चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको छ ।

 

यही असोज २२ गते राजदेवी मन्दिर प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा ३०१ जनाको आँखा जाँच गर्दा ९६ जनामा मोतियाबिन्दु फेला परेको थियो । मोतियाबिन्दु भेटिएकामध्ये पहिलो चरणमा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । अन्य  ४६ जनाको आज शल्यक्रिया गरिने वडाध्यक्ष तेज नारायण चौधरीले जानकारी दिनुभयो ।

शल्यक्रियापछि डिस्चार्ज भएका बिरामीहरूलाई नगरप्रमुख महेशप्रसाद चौधरीले आज अस्पताल पुगी उनीहरूलाई फलफूल वितरण गर्नुभएको थियो । साथै उहाँले बिरामीहरूलाई नगर बसमार्फत आ–आफ्ना घरसम्म पु¥याउने व्यवस्था मिलाइएको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x