शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आइतबारदेखि डा. गोविन्द केसी आमरण  अनसन बस्ने 

Spread the love

शुक्रबार १३ भदौ २०८२

काठमाडौ / चिकित्सा शिक्षा सुधारका समाजिक अभियान्ता प्राडा गोविन्द केसीले आइतबारदेखि आमरण अनसनमा बस्ने भएका छन्।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले निजी मेडिकल कलेजहरुको सिट संख्या थप्ने निर्णय गरेको विरोधमा डा केसीले अनसन सुरु गर्न लागेका हुन्।

डा केसीले आयोगको उक्त निर्णयले गुणस्तरमा असर गर्ने भन्दै निर्णय फिर्ताका लागि आग्रह गरेका थिए। तर उनको आग्रहका विषयमा सरकारले कुनै काम अगाडि नबढाएपछि अनसनको घोषणा गरेका हुन्।

डा केसी दुर्घटनामा परेका कारण अस्वस्थ छन्। तर अस्वस्थताका बाबजुदत पनि उनले आमरण अनसनको घोषणा गरेका हुन्।

‘मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष  नकारात्मक असरपार्ने प्रधानमन्त्री(नेता) र आयोगका पदाधिकारीले हालै गरेका स्वार्थपरक निर्णयले गरिबको मात्र होइन बुद्धिजीवी, पत्रकार लगायत सबै नेपालीको स्वास्थ्य प्रभावित हुन्छ। मानवजातिको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै स्वास्थ्य हो। गुणस्तरीय, निशुल्क तथा सस्तो शिक्षा तथा स्वास्थ्यसेवामा सबै नेपालीको समतामूलक पहुँचको सुनिश्चितताको लागि लड्दै आयौं र लडिरहने छौं। सरकारको हालैको सो निर्णय फिर्ता लिन हामीले  गरेको बारम्बार अनुरोधको बेवास्ता भएकोले सत्याग्रह गर्ने घोषणा गरेका थियौं, शारीरिक अशक्तताको बाबजुद भदौ १५, २०८२का दिन सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छौं,’ डा केसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

आयोगले सरकारी संस्थामा एमबीबीएस तथा बीडीएसको सिट नबढाएर निजीको बढाउने निर्णय गरेको छ। एक सय सिट भएका मेडिकल कलेजलाई १३० सिटसम्म दिने निर्णय आयोगले गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x