काङ्ग्रेस दोस्रो विशेष महाधिवेशनमा गगन र विश्वप्रकाश शर्माले गराए उम्मेदवारी दर्ता

बुधबार ३० पुष २०८२
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
महामन्त्री गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले फेरि पनि महामन्त्री पदकै लागि उम्मेदवारी दिएका छन् ।
अहिलेसम्म सभापतिमा गगन थापाको मात्रै एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महामन्त्री पदका लागि र प्रदीप पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन समितिले दिउँसो १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE