सरकारी सूचनामा एकाधिकारको विरोध, महासंघको ३ दिने अल्टिमेटम

शनिबार २१ चैत २०८२
काठमाडौं / सरकारले सरकारी सूचना प्रकाशन तथा प्रसारण केवल सरकारी सञ्चारमाध्यममार्फत गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ।
नेपाल पत्रकार महासंघ ले उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रता विपरीत भएको भन्दै तत्काल फिर्ता लिन ३ दिने अल्टिमेटम दिएको छ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित छलफलमा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले सरकारको यो कदमले स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने, साथै सूचना प्रवाहमा असमानता ल्याउने बताएका छन्।
उनीहरूले सरकारी निर्णय तुरुन्त खारेज गर्न माग गरेका छन्।
महासंघले चेतावनी दिँदै भनेको छ कि निर्धारित समयभित्र निर्णय फिर्ता नभए सरकारी एकाधिकारको विरोधमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE