राखेपद्वारा एन्फा तीन महिनाका लागि निलम्बित

बुधबार ११ चैत २०८२
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तीन महिनाका लागि निलम्बन गरेको छ। बुधबार बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।
राखेपले दिएको २४ घण्टे स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै एन्फामाथि कारबाही गरिएको जनाएको छ। परिषद्ले झापामा तय गरिएको साधारणसभा तथा निर्वाचन अघि ११ बुँदे संशोधन लागू गर्न निर्देशन दिएको थियो।
तर, पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले निर्वाचन नरोकिने अडान लिँदै आएको थियो। एन्फाले निर्वाचन स्थगित गरेमा FIFA र AFC बाट नै निलम्बनको जोखिम रहेको दाबी समेत गर्दै आएको छ।
यसै विवादबीच राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। एन्फाले भने झापामा तय गरिएको निर्वाचन कार्यक्रम यथावत् रहने जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE