शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेकपाका केन्द्रिय सदस्य उदयपुरका अध्यक्ष रामकुमार चौधरी आजपामा प्रवेश

  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

  मंगलवार ८ जेठ २०८१

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा उदयपुर जिल्लाको अध्यक्ष रामकुमार चौधरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका छन् । नेकपाका प्रष्ट युवा नेताको रुपमा चिनिएका चौधरीले पार्टी परित्याग गरी साह नेतृत्वको आजपा रोजेका हुन् ।

चौधरीलाई आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरी अध्यक्ष साहले आफ्नो पार्टीमा स्वागत गरेका हुन् । साहले चौधरीलाई पार्टीमा स्वागत गर्दै राजनीति भविष्य सफलताको शुभकामना दिएका छन् । पछिल्लो समय आजपामा प्रवेश गर्नेहरुको लहर चलेको साहको भनाई छ ।

उनले आफूहरुले जनताका एजेण्डा सशक्त रुपमा उठाएकै कारण पार्टीप्रतिको आकर्षण बढेको बताउँदै आएका छन् । साहले अहिलेको व्यवस्थाबाट मुलुकलाई पार लगाउन नसकिने निश्कर्ष निकालेका छन् । उनले अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको र लुटतन्त्रको कारण देश खोक्रो भएको टिप्पणी गर्ने गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x