शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सप्तरीको तिलाठी कोइलाडीमा भीषण आगलागी, छ परिवारका १२ घर जलेर नष्ट

Spread the love

आइतबार २७ बैशाख २०८३
राजविराज, वैशाख २७ — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति भएको भीषण आगलागीमा छ परिवारका १२ वटा घर तथा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
स्थानीय रामअवतार यादवको गाईगोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ। आगो तीव्र रूपमा फैलिँदा रामअवतार यादवका दुई घर र एक गोठ, जुगाइ यादवका दुई घर र एक गोठ तथा अनिल यादवका दुई घर र एक गोठ जलेर खरानी भएका हुन्।
त्यसैगरी, योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक/एक वटा घरसमेत आगलागीबाट नष्ट भएको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, फर्निचर, गरगहना तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिका तथा मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट पुगेको वारुणयन्त्र र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।
रातिको समयमा भएको आगलागीपछि प्रभावित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x