सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares
काठमाडौँ /  यु-१९ एसिया कप-२०२४ को पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो ।
युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा टस जितेर व्याटिङको निम्तो पाएको श्रीलङ्काले नेपाललाई दुई सय ३४ रनको लक्ष्य दिएको  थियो।
सो लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाएर जम्मा १७८ रन मात्र बनायो ।
श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए ।
उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४/२४ रन बनाए ।
श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुई/दुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् ।
नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एक/एक विकेट हात पारे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x