शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

मर्मत सम्भारको लागि दुई दिन बन्द गरेको मनकामना केबुलकार आजबाट सुचारु

Spread the love

बुधबार ३ पुस २०२१

काठमाडौँ / मर्मत सम्भारको लागि दुई दिन बन्द गरेको मनकामना केवलकार आजबाट पूर्णरुपमा सञ्चालनमा आएको छ।

नेपालको पहिलो केबलकार मनकामना केबलकार आजबाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचानले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गते देखि पुस २ गते सम्म २ दिन मनकामना केबलकार बन्द गर्नु परेको उहाँले बताउनुभयो ।

२०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएता पनि टावरमा मर्मत कार्य गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ ।

२ दिन सम्म मनकामना केबुलकार बन्द हुन पुगेकोमा सम्पूर्ण नागरिकमा मनकामना दर्शन प्रालिले क्षमा याचना समेत गरेको सूचना उल्लेख गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x