सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

पूर्वप्रधानमन्त्री ओली र लेखक आज अदालत पेश

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

आइतबार १५ चैत २०८२
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिँदैछ।
उनीहरूलाई शनिबार काठमाडौं प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार ओलीलाई चिकित्सकको सल्लाहमा त्रिवि शिक्षण अस्पतालमा र लेखकलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ।
दुवै नेतामाथि मुलुकी अपराध संहिताअन्तर्गत ज्यानसम्बन्धी कसुर (लापरबाही र हेलचेक्य्राइँ) मा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत भदौ २३–२४ गते नवयुवा पुस्ता (जेनजी) द्वारा गरिएको प्रदर्शन हिंसात्मक बन्दा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने २,४०० भन्दा बढी घाइते भएका थिए। घटनामा सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुगेको थियो।
घटनाको छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित जिम्मेवार व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। त्यसैअनुसार बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि दुवै नेतालाई नियन्त्रणमा लिइएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x