आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

एसईईमा उत्कृष्ट नतिजा ल्याउने अलमाइटी प्रथम : प्रिन्सिपल र शिक्षकले पाए सम्मान

Spread the love

एन्टिना घनश्याम,

शनिबार १७ साउन २०८२

काठमाडौ / राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नं ७ अवस्थित अलमाइटी आइडियल मोडर्न स्कुलले नेपालकै उत्कृष्ट नतिजा हासिल गरेको छ । संस्थागत विद्यालय संघ नेपाल (इसान)ले आज राजधानीमा एसईई सम्मान, सांस्कृतिक नृत्य प्रतियोगिता, इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण, इसान भीम उत्कृष्ट सेवा पदक वितरण लगायतका विविध कार्यक्रमहरू आयोजना गरी आज उक्त विद्यालयलाई सम्मान गरेका  छन ।

कार्यक्रममा अलमाइटी आइडियल मोडर्न स्कुलका प्रिन्सिपल गणेशप्रसाद खतिवडा र विद्यालय संस्थापक गोमा चालिसेलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसे र विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा एसईईमा ४ जीपीए प्राप्त गर्ने अलमाइटी आइडियल मोडर्न स्कुलका ५ जना विद्यार्थीसहित संस्थागत विद्यालय संघ नेपाल(इसान)अन्तर्गतका विद्यालयहरूका १३ जना विद्यार्थीहरूलाई नगद पुरस्कारसमेतले सम्मान गरिएको थियो भने, अलमाइटीकै ५ जना शिक्षकले उच्च जीपीए प्राप्त गरे वापत पुरस्कार हात पारेका थिए ।

अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता समेत सञ्चालन भएको उक्त कार्यक्रममा नृत्य प्रतियोगिता, निबन्ध प्रतियोगिता र हस्त लेखन प्रतियोगिताका विजयी विद्यार्थीलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो भने २७ वटा विद्यालयका २७ जना शिक्षकलाई इसान भीम उत्कृष्ट सेवा पदक वितरण गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x