शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

सम्पत्ति शुद्धीकरण निवारण दिवस आज  मनाइँदै

  • 89
  •  
  •  
  •  
  •  
  •  
  •  
    89
    Shares

 

बुधबार १४ माघ २०८२

काठमाडौँ / आज सम्पत्ति शुद्धीकरण दिवस मनाइदैछ । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ थियो । सोही निर्णय अनुसार पहिलो पटक यो दिवस मनाउन थालिएको हो ।
दिवसका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालको संयोजकत्वमा सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा आबद्ध विभिन्न निकाय सम्मिलित २५ सदस्यीय ‘सम्पत्ति शुद्धीकरण निवारण दिवस मूल समारोह समिति – २०८१’ गठन गरिएको छ ।
दिवसबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय लगानी निवारण प्रणालीमा संलग्न निकायबिच समन्वय एवं सहकार्य अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x