आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

यी भूभागमा आज वर्षाको सम्भावना

Spread the love

आइतबार १५ चैत २०८२
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको छ, जसका कारण देशभर सामान्य बदली देखिएको छ।
आज (चैत १५) देशका पहाडी र हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र वाग्मती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x