शनिबार, असार १३, २०८३
Saturday, June 27, 2026

भारतभन्दा महँगो मूल्यमा नेपालले रासायनिक मल खरिद, आपूर्ति प्रक्रियामै प्रश्न

काठमाडौं। नेपालले एउटै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताबाट भारतको तुलनामा निकै महँगो मूल्यमा रासायनिक मल खरिद गरिरहेको तथ्य सार्वजनिक भएको छ।
सिङ्गापुरस्थित एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङले भारतलाई प्रतिमेट्रिक टन ५४० अमेरिकी डलरमा उपलब्ध गराएको मल नेपाललाई भने ९००.७५ अमेरिकी डलर प्रतिमेट्रिक टनका दरले आपूर्ति गर्ने ठेक्का पाएको जनाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटिरहेको अवस्थामा पनि नेपालले उच्च मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै कृषि सामग्री कम्पनीभित्रै खरिद प्रक्रिया र मूल्य निर्धारणबारे प्रश्न उठ्न थालेको छ।
यता, भारतसँग भएको सरकार–सरकार (जीटुजी) सम्झौताअनुसार आउने ५० हजार मेट्रिक टन रासायनिक मल पनि करिब १२० दिनपछि मात्र नेपाल आइपुग्ने भएकाले चालु रोपाइँ सिजनमा किसानले पर्याप्त मल नपाउने जोखिम बढेको छ।
कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाले समयमै पर्याप्त र सहज मूल्यमा मल उपलब्ध गराउन सरकारसँग प्रभावकारी पहलको माग गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x