आइतवार, मंसिर २३, २०८१
Sunday, December 8, 2024

प्याब्सन नागार्जुनको आयोजनामा विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता हुदै

  • 159
  •  
  •  
  •  
  •  
  •  
  •  
    159
    Shares

एन्टीना घनश्याम

आइतबार ९ मङ्सिर २०८१

काठमाडौ / प्याब्सन नागार्जुनको आयोजनामा मिति २०८१ साल मंसिर १५ गते विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ गर्ने भएको छ ।  प्याब्सन नागर्जुनले हालै एक पत्रकार सम्मेलन उक्त कार्यक्रमको बिषयमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलन जारी गरिएको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।

प्रेस विज्ञप्ति

प्याब्सन नागार्जुनका कार्यसमितिका पधाधिकारी तथा सदस्य मित्रहरु, सल्लाहाकार समितिका संयोजक तथा सदस्यहरु, प्याब्सनको केन्द्रीय सदस्य ज्यू, प्याब्सन काठमाडौका कार्यसमिति सदस्य ज्यू, विभिन्न उपसमिति तथा बिभागका संयोजक तथा सदस्यहरु, पत्रकार तथा सञ्चारकर्मी मित्रहरु, यहाँ उपस्थित विभिन्न विद्यालयका प्रिन्सिपल, भाइसप्रिन्सिपल, डाइरेक्टर, कोओर्डिनेटर, शिक्षक प्रतिनिधि, नृत्य प्रशिक्षक सर र म्यामहरु र उपस्थित सम्पूर्ण महानुभावमा सादर नमस्कार तथा स्वागत गर्न चाहान्छौँ
प्याब्सन नागार्जुनको वार्षिक क्यालेण्डर २०८१ अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत मिति २०८१ साल मंसिर १५ गते शनिबार दिनको १०ः०० बजेबाट सञ्चालन हुन गइरहेको विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितत २०८१, मा प्याब्सन नागार्जुनको सदस्य विद्यालयका प्रतियोगी विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न हुन गईरहेको कुरा जानकारी गराउन चाहान्छौँ। वास्तवमा प्याब्सन नागार्जुनले विद्यार्थीहरुको प्रतिभाको प्रस्फुटन गराउने अभिप्रायले वार्षिक रुपमा नैे  क्यालेण्डर तय गरी विविध खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु संचालन गर्दै आइरहेको कुरा अवगत नै छ। ती कार्यक्रमहरु मध्ये विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितत २०८१, नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने हेतुले सञ्चालन गर्ने जमर्काे गरिएको व्यहोरा अवगत गराउन चाहान्छौँ । यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली मौलिक संस्कृतिलाई प्रवर्धन गर्नमा थोरै भए पनि टेवा पुर्याउने रहेको छ । आफ्नै मौलिक विशिष्टतासहितको बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुधार्मिक नेपालको सामाजिक परिवेशमा आफ्नो माटोको पहिचान झल्कने नेपाली लोक संस्कृतिको विकासमा यस कार्यक्रम अझ फलदायी हुनेछ भन्ने समेत विश्वास लिएका छौँ । यस्ता किसिमका प्रतियोगिताबाट विद्यार्थी भाइबहिनीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुनेछ र यसले विद्यालयहरुको समग्र विकासमा पनि सहयोगी पुग्नेछ  भन्ने विश्वास लिएका छौँ। यस प्रतियोगितामा विभिन्न … वटा विद्यालयका करिब … जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् । साथै यस कार्यक्रमले सम्पूर्णमा मनोरञ्जन प्रदान गर्ने तथा सामाजिक, सांस्कृतिक सद्भाव फैलाउने छ भन्नेमा आयोजक पूर्ण रुपमा विश्वस्त छ । तसर्थ यस कार्यक्रममा सहभागी भई विद्यार्थीहरुलाई हौसला बढाइदिनु हुन सादर अनुरोध गर्दछौँ। साथै यस महत्वपूर्ण प्रतियोगिताको हाम्रा सहभागी विद्यालयका विद्यार्थीहरु, अभिभावकहरु र सम्पूर्ण शुभचिन्तकहरुले घरमा नै बसेर सामाजिक प्ल्याटफर्म तथा टेलिभिजन मार्फत हेर्न मिल्ने गरी फेसबुक लाइभ तथा मेघा टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको कुरा जानकारी गराइन्छ।
अन्तमा  विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ मा सहभागिताको सुनिश्चितता गरी आजको पत्रकार साक्षात्कार कार्यक्रममा पाल्नुहुने सदस्य विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, डाइरेक्टर, कोओर्डिनेटर, शिक्षक प्रतिनिधि, नृत्य प्रशिक्षक सररम्यामहरु, पत्रकार मित्रहरु र उपस्थित सम्पूर्ण महानुभावमा यहाँहरुको अमूल्य समयको लागि नागार्जुन प्याब्सनको कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ र आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ। धन्यवाद
मिति         २०८१ ०८ ०७ गते शुक्रबार
समय         अपरान्ह ठीक ३ः०० बजे
स्थान        बोधिबृक्ष एलिमेन्ट्री स्कूल, नागार्जुन २, सानोभर्याङ्, काठमाडौ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x