बिहिबार, फाल्गुन २९, २०८१
Thursday, March 13, 2025

पूर्वराजालाई चुनौती, यदि सत्तामा फर्किने चाहना छ भने ८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्:सांसद ईश्वरी न्यौपाने

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

आइतबार ११ फागुन २०८१

काठमाडौँ / नेपाली कांग्रेस सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले चुनाव लडेर संसदमा आउन चुनौती दिएकी हुन् ।

‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्,’ उनले भनिन् । पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनले सुझाव दिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x