नख्खु खोलाले बगाएका चार मध्ये तीनको उद्धार


काठमाडौं / शुक्रबारदेखि अविरल वर्षाको कारण ललितपुर महानगरपालिका नखिपोट क्षेत्रमा नख्खु खोलाले बगाउँदा बेपत्ता भएका मध्ये ३ जनाको उद्धार गरिएको छ।
बाढीमा फसेका उनीहरुले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहे पनि अचानक टहरो भत्किएपछि उनीहरुलाई बाढीले बगाएको थियो ।
बाढीले बगाएका चार जनामध्ये ३ जनालाई स्थानीयले उद्धार गरी पाटन अस्पताल पठाइएको छ भने एक जना भने अझै बेपत्ता रहेका छन्।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE