सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नेपाली काङ्ग्रेस सप्तरी-४ बाट पाँच जनाको नाम सिफारिस, चर्चामा भगत र ठाकुर

  • 112
  •  
  •  
  •  
  •  
  •  
  •  
    112
    Shares

 बुधबार ९ पुस २०८२

सप्तरी / नेपाली काङ्ग्रेस सप्तरीले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्षतर्फ सप्तरी -४ मा पाँच जनाको नाम सिफारिस गरेको छ।

मंसिर २६ गतेको सिफारिस अनुसार  संगठनात्मक मूल्यांकन, राजनीतिक योगदान र स्थानीय जनसमर्थनका आधारमा उम्मेदवारको नामावली तय गरेको हो। पार्टीले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार पहिलो नम्बरमा किरण कुमार भगत रहेका छन्। दोस्रोमा तारणी प्रसाद ठाकुर सिफारिस भएका छन् भने तेजु लाल चौधरी,अशोक कुमार साह र सुरेन्द्र प्रसाद यादव क्रमशः अन्य सिफारिस उम्मेदवार हुन्।
जस मध्ये किरण कुमार भगत र तारणी प्रसाद ठाकुरको टिकट पाउनेमा बढी चर्चा रहेका छन ।
पार्टी स्रोतका अनुसार सप्तरीमा संगठन सुदृढीकरणमा सक्रिय भूमिका र स्थानीय तहमा पार्टीको प्रभाव विस्तारमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको छ। ‘व्यक्तिगत लोकप्रियता मात्र होइन, पार्टीप्रति प्रतिबद्धता र आगामी निर्वाचनमा जित सुनिश्चित गर्न सक्ने क्षमतालाई मुख्य आधार बनाइएको छ,’ ।  सप्तरी -४ बाट लगातार तीन पटक जित्दै आएको पुर्व मन्त्री तथा निवर्तमान साम्सद तेजु लाल चौधरीको नाम तेस्रो नम्बरमा राखेको छ ।
युवा र जेनजीको चाहना अनुसार यस पटक उम्मेदवार परिवर्तन गर्नुपरेको स्रोतले जानकारी गराएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x