शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

दुुुई मोटरसाइकल सहित ६३ किलो गाँजा बरामद

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

सोमबार २१ माघ २०८१
रौतहट /  दुुुई वटा मोटरसाइकल सहित ६३ किलो लागूऔषध गाँजा बारामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगन्ज खजानीबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले बकतौरामा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।

प्रहरीले ६३ किलो गाँजासहित आइतबार राति बागमती प्रदेश–०२०४१ प ५७३७ र ना. ६३ प ३९८८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

उनका अनुसार सुवर्ण गाँउपालिका वडा नम्बर ३ बकतौराबाट भारततर्फ जाँदै गरेको अवस्थामा बरामद गरिएको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै चालकहरु मेटरसाइकल छाडेर फरार भएको उनले जानकारी दिए ।

त्यसपछि  दुबै मोटरसाईकलमा लोड रहेको समान खोलेर हेर्दा ६३ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । यस घटनाको विषयमा आवस्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x