अभिभावक र विद्यार्थीको मन जित्न सफल स्कुल शुभकामना


शुक्रबार १६ चैत २०८०
काठमाडौ / काठमाडौको गोकर्णेश्वर न. पा ४ उत्तरबाहिनीमा बि. स २०७४ मा स्थापित शुभकामना स्कुलले छोटो समयमै अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ। पिजि देखि कक्षा ५ सम्म दुइसय भन्दा बढी बिध्यार्थिहरुले पठनपाठन गर्ने यो बिद्यालयले विद्यार्थीहरुलाई किताबी ज्ञानको अलवा प्रयोगात्मक र सिपमुलक सिकाइलाइ बिशेष प्राथमिकतामा राखेको बिद्यालयका कार्यकारी अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो। इसिए र सिसिए कार्यक्रमलाई बिशेष फलो गरिरहेको यो बिद्यालयले खेललाइ सिकाइ संग जोडेर अगाडि बढिरहेको प्रधानाध्यापक सुमित्रा धिमालले बताउनुभयो। हरेक बिषय र बिधामा अनुभवी र दक्ष शिक्षक शिक्षिकाको सिकाइका कारण अनि पारिवारिक बाताबरणको अनुभुतीले पनि आफ्ना बच्चाहरुलाइ यो स्कुलमा राखिएको एक अभिभावक प्रताप लो तामाङले बताउनु भयो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE