सुरूङ्गामा क्षयराेग सम्बन्धि समुदाय स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

सप्तरी / सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं०-८ मा क्षयराेग सम्बन्धि समुदाय स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सुरुङ्गा नगरपालिका वडा नं. ८ को आर्थिक सहयोग तथा मलहनमा स्वास्थ्य चौकीको आयोजनामा उक्त कार्यक्रममा क्षयरोग खोजपडताल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्दै स्वास्थ्यकर्मीहरूले समुदाय तथा घर घरमा पुगेर बिरामी पहिचान र उपचार गराउन जोड दिएका छन् ।
कार्यक्रममा समुदायस्तरमा रहेका सम्भावित क्षयरोगका बिरामीबाट खकार संकलन गरी जीन–स्पोट परीक्षणमार्फत रोग पहिचान गर्ने र पहिचान भएका बिरामीलाई निःशुल्क उपचार सेवामा ल्याउने लक्ष्य लिइएको छ।
मलहनमा स्वास्थ्य चौकी प्रमुख रामबिलास चौधरीका अनुसार हाल केही क्षयरोगका बिरामी नियमित औषधि सेवन गरिरहेका भए पनि सामाजिक कारण र भ्रमका कारण उपचार केन्द्रसम्म आउन नचाहने अवस्था देखिएको छ। “त्यस्ता बिरामीसम्म स्वास्थ्य सेवा आफैं पुग्ने उद्देश्यले जनचेतना र खोजपडताल अभियान सुरु गरिएको हो,”
कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष श्याम प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो भन्ने,कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी तथा बुद्धिजीवीसहितको सहभागिता रहेको थियो।
कार्यक्रममा नगर स्वास्थ्य शाखाबाट भुषण सुनारैत यादव,सिमा कुमारी गुप्ता र मलहनमा स्वास्थ्य चौकी प्रमुख रामबिलास चौधरी तथा क्षयरोग फोकल पर्सन कविता चौधरी र देव कुमारी चौधरीले सहजीकरण गरेका थिए।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE