सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार महावीर पुनको कडा चुनौती

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

शुक्रबार २३ माघ २०८२
म्याग्दी / आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेस, एमाले, नेकपा लगायतका दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार डा. महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा उभिएका छन्।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुनको सक्रियताले म्याग्दीको राजनीति तरंगित बनेको छ। राष्ट्रियस्तरमै परिचित व्यक्तित्व भएकाले यसपटक म्याग्दीको चुनाव विशेष चासोको विषय बनेको स्थानीयहरू बताउँछन्।
दलहरूको सांगठनिक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण यसपटकको चुनावी नतिजा अनुमान गर्न कठिन भएको छ। उम्मेदवारहरू गाउँ–गाउँमा घरदैलो र मतदाता भेटघाटमा व्यस्त छन्।
जिल्लामा ८६ हजारभन्दा बढी मतदाता रहेका छन्। मतदाताहरू सबै उम्मेदवारका योजना र प्रतिबद्धता सुनेर निर्णय लिने मनस्थितिमा रहेको स्थानीयवासीको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x