सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

घरेलु मैदानमा स्कटल्यान्डविरुद्धको जित यात्रा कायम राख्ने लक्ष्यमा नेपाल

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग–२ अन्तर्गत सातौँ शृङ्खलाको पहिलो खेलमा मंगलबार स्कटल्यान्डको सामना गर्दै छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ९ः३० देखि सुरु हुनेछ । नेपालले गत साता मात्रै यही मैदानमा ओमान र यूएईसँगको शृंखला खेलेको थियो ।

यो शृंखलामा तीन जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने छ । “यो शृंखलामा राम्रो प्रदर्शन भयो । अबका सबै खेल निकै महत्त्वपूर्ण छ । आगामी शृंखलामा पनि घरेलु मैदानको फाइदा उठाउँदै बढीभन्दा बढी खेल जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौँ,” नेपाली टोलीका अलराउन्डर गुल्सन झाले ओमानसँगको अन्तिम खेलपछि भनेका थिए ।

गुल्सनले भने जस्तै नेपालको लक्ष्य बढीभन्दा बढी खेल जित्दै शीर्ष चारमा पुग्नु हुनेछ । तर, यो शृंखलामा नेपालले अमेरिका र स्कटल्यान्डको सामना गर्दाको चुनौती अझ ठूलो हुनेछ । अंकतालिकाको शीर्ष दुईमा रहेका यी टोलीविरुद्ध जित निकाल्न नेपाललाई त्यति सहज भने हुनेछैन ।

शृंखलामा नेपाल २४ खेलबाट १८ अंकका साथ सातौँ स्थानमा छ । अमेरिका समान खेलबाट ३६ अंकका साथ शीर्षस्थानमा रहँदा २८ खेल खेलेको स्कटल्यान्डले ३४ अंकका साथ अमेरिकालाई पछ्याइरहेको छ ।

नेपालले शृंखलामा अब १२ खेल खेल्न बाँकी छ । त्यसैले घरेलु मैदानमा हुने अन्तिम शृंखलाका यी चार खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ । यी चार खेलमा माथिल्लो स्थानमा रहेका टोलीलाई हराउन सके शीर्ष चारमा पुग्ने नेपालको लक्ष्य सहज हुनेछ ।

नेपाल स्कटल्यान्डलाई हराउँदै शृंखलामा सुखद सुरुआत गर्ने सोचमा छ । यता, स्कटल्यान्ड पनि जितका साथ शीर्षस्थानमा पुग्ने लक्ष्यमा छ ।

नेपाल रोहितकुमार पौडेल र स्कटल्यान्ड रिची बेरिङ्टनको कप्तानीमा मैदान उत्रिनेछन् ।

नेपालका प्रशिक्षक स्टुअर्ट लले ओमान र यूएईसँग शृंखलाबाट एक खेलाडी परिवर्तन गरेका छज् । यो शंखलाका लागि इशान पाण्डे टोलीमा भित्रिँदा बसिर अहमद बाहिरिएका छज् ।

‘हेड टु हेड’
इतिहासलाई हेर्दा दुवै टोली समानस्तरका छन् । नेपाल र स्कटल्यान्डबीच हालसम्म १० एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले पाँच र स्कटल्यान्डले चार खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल भने नतिजाविहीन बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा भने स्कटल्यान्डमाथि नेपाल हाबी भएको छ । यो मैदानमा यी दुईबीच भएका दुवै खेलमा नेपाल विजयी भएको छ । नेपालले लिग–२ अन्तर्गत अघिल्लो साइकलमा स्कटल्यान्डलाई निराश बनाएको थियो ।

यो साइकलमा भने नेपाल र स्कटल्यान्डबीच चार खेल भएका छन् । गत वर्ष स्कटल्यान्डको घरेलु मैदान डुन्डीमा सम्पन्न शृंखलामा दुवै टोलीले समान एक जित निकालेका थिए । त्यसअघि सन् २०२४ मा अमेरिकामा भेट हुँदा नेपालले एक खेल जितेको थियो भने एक खेल वर्षाका कारण अवरुद्ध हुन पुगेको थियो ।

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, विनोद भण्डारी, भीम सार्की, आरिफ शेख, इशान पाण्डे, सन्दीप लामिछाने, नन्दन यादव, गुल्सन झा, अर्जुन कुमाल, सोमपाल कामी,  करण केसी, ललितनारायण राजवंशी

स्रोत बर्णनमिडिया

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x