आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

जसपा नेपाल-लोसपा पार्टीबीच एकीकरणका लागि १२ बुँदे सम्झौता

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

आइतबार २७ पुस २०८२
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पार्टीबिच एकीकरणका लागि १२ बुँदे सहमति भएको छ ।

आइतबार सम्पन्न छलफलपछि दुवै दलले पार्टी एकीकरणका लागि १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिनेछ । समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहने सहमति भएको छ ।

सम्झौता पत्रमा केन्द्रीय समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी जसपा नेपाल रहने सहमति पनि सम्झौतामा समेटिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x