संसदमा प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताहरुको भुँडी भर्नको लागि हो ?

बिहीबार ५ असार २०८२
काठमाडौ / आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बजेटको असमान वितरण गरेर सरकारले अन्याय गरेको बताएका छन् । साथै उनले चोर र लुटेरा नेताहरुबाट मुलुकलाई मुक्त गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए । नेपाली जनताले तिरेको करको रिटर्नी नपाएको गुनासो उनले गरे ।
आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरुको क्षेत्रमा बजेट खन्याउने र बाँकी जनताहरु हेरेको हेर्यै हु्ने अवस्था रहेको उनले बताए । देशको बजेट नेपाली जनताको रगत पसिनाबाट बनेको पनि उनले सरकारलाई स्मरण गराए । देशको बजेटमा सबैको समान लगानी रहेको बताउँदै उनले विनियोजन पनि समान हुनुपर्ने बताए ।
‘एउटा व्यापारीकोमा गएर हामीले पैसा दियौं भने उसले पैसावापत सामान दिन्छ । एउटा मजदुरले कहीँ गएर काम गर्यो भने काम गरेवापतको ज्याला पाउँछ । नेपाली जनताले तिरेको करको चाहीँ रिटर्न चाहिन्छ कि चाहिँदैन ? सबै नेपाली जनताको समान हक हो कि होइन ?,’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यदि समान हक छ भने म सोध्न चाहन्छु– अहिलेको १९ खर्ब ६४ अर्ब रुपैयाँलाई यदि १६५ निर्वाचन क्षेत्रमा बाँडियो भने ११ अर्ब ९० करोड रुपैयाँ हुन्छ । यस्तो अत्याचार किन भयो ? नेताजीको क्षेत्रमा पूरै बजेट खन्याइयो, अरु सांसदहरु हेरेको हेर्यैजस्तो भयो । नेपाली जनताले तिरेको कर नेताहरुको भुँडी भर्नलाई हो ? जनताहरु हेरेको हेर्यै हुने नेताजीहरु मालामाल हुने । यो असमानता देखिएको छ । सरकारले न्याय गरिरहेको छ कि अपराध गरिराखेको छ ? नेपाली जनतासँग पैसा लिने रिटर्न नदिने ?’
नेपाल चलाउन नेता बनेको कि नेपाल बेच्न नेता बनेको भन्ने प्रश्न खडा भएको उनले बताए । नेपाली जनताले अहिले साँच्चै नेतृत्व हो कि चोर हो भनेर खोजीरहेको उनले बताए । जनताले सबै दिनु्पर्ने र बजेटभने एक ठाउँमा मात्रै खन्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । नेता साहले नेतृत्वलाई चोरको संज्ञा दिँदै चोरहरुको हातबाट देशलाई मुक्त गराउन आवश्यक भएको बताए ।
‘हाम्रो उत्पादनहरु महँगो भयो । हाम्रो व्यवसायहरु चौपट भइराखेको छ । किन भने करको कर छ, कर आतंक छ । जनताले सबै दिनुपर्ने, चोरहरुको हातबाट देशलाई मुक्त गराउन जरुरी छ । कुशल नेतृत्व भयो भने बेइमानी हुँदैन,’ आजपा अध्यक्ष साहले भने ।
यस्तै उनले सम्मानिय सदनको गरिमामाथि उठाउन उनले सम्भामुखसंग आग्रह समेत गरे । दिनलाई रात बनाउने काम भईरहेको बताउदै उनले सरकारको असमान बजेट बितरण जनताको हितमा नभएको टिप्पणी गरेका छन् । जल, जंगल, नदिखोलामा नेता र नेताका आसेपासेहरुको लुट चलिरहेको समेत उनले बताए ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE