शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

शिव थारुद्वारा निर्देशित थारु लघुचलचित्र “लैहरा” प्रदर्शनमा

Spread the love

 

बिहिवार २ असोज २०८२

सिरहा / थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चलचित्र ‘लैहरा’ प्रदर्शनमा आएको छ। समुदायको सांस्कृतिक अभ्यास, परम्परा र धार्मिक आस्थालाई दर्शाउने उद्देश्यले निर्माण गरिएको यो फिल्म समाजिक  कथामा आधारित रहेको निर्देशक शिव थारुले जानकारी दिएका छन्।

फोकस सिने आर्टको ब्यानरमा पहिलो  थारु चलचित्र शिव थारु द्वारा निर्देशित लहैरामा मुख्य भुमिकामा हरे कृष्ण चौधरी (फेकुवा) र आचल चौधरीका छन ।  त्यसैगरि प्रमोद चौधरी, थारु मिहिलाल शिव थारु, रामशरण चौधरी, अधिकलाल यदव र सोनु राज  भारतियको पनि दमदार अभिनय रहेका छन ।

फिल्ममा थारु समुदायमा विशेष महत्व राख्ने जितिया पर्वमा महिलाहरूले लैहर जानु पर्ने परम्परा र त्यससँग जोडिएका संघर्ष, पीडा तथा संवेदनशील घटनाहरूलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ। निर्देशक थारुको भनाइ अनुसार, ‘लैहर’ केवल मनोरञ्जनका लागि नभई थारु समुदायको मौलिक संस्कृति, परम्परा र संस्कारलाई संरक्षण र नयाँ पुस्तामा परिचय गराउने उद्देश्यले निर्माण गरिएको हो।

यस फिल्मको पहिलो शो आज सिरहाको ढोढना स्थित राजदेवी मन्दिरको सभा हलमा गरिएको हो। स्थानीय दर्शकहरूको उपस्थिति उल्लेख्य रहेको र फिल्मप्रति चासो देखिएको आयोजकहरूले बताएका छन्। साथै, फिल्मलाई भोलिदेखि हातिदहमा पनि निरन्तर प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

थारु समुदायमा लोकप्रिय मानिएको जितिया पर्व महिलाहरूले आस्था, श्रद्धा र परिवारको सुखसमृद्धिको लागि मनाउने महत्वपूर्ण पर्व हो। यसै पर्वमा आधारित भएर निर्माण गरिएको ‘लैहर’ फिल्मले स्थानीय संस्कृतिको जगेर्ना गर्ने मात्र नभई, सांस्कृतिक विविधता र सामुदायिक एकताको सन्देशसमेत दिने अपेक्षा गरिएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x