शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

मधेसलाई बदनाम र उजाड बनाउने मधेसवादी दलबाट सचेत रहन प्रभु साहको आग्रह

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

शुक्रबार १९ मंसिर २०८२

महोत्तरी / आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा आज (शुक्रबार) आजपा महोत्तरी क्षेत्र नं. १ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले समृद्ध मधेस बनाउने चाहना र इच्छाशक्ति मधेसवादी दलमा नभएको टिप्पणी गरे ।

‘अहिले तपाईहरु हेर्नुहुन्छ भने मधेसवादी दलहरुको कुकर्मले मधेसलाई बदनाम गर्ने, उजाड बनाउने काम भएको छ । मुख्यमन्त्री र सरकार बनाउने खेलमा लागेका छन् । सरकार बनाउने र गिराउने खेलले मधेस समृद्ध हुदैन,’ आजपा अध्यक्ष साहले भने, ‘मधेसलाई उजाड बनाउनेले मधेसलाई समृद्ध बनाउने योजना ल्याउनुपथ्र्यो तर यि मधेसवादी भनाउदाहरु केवल सरकार बनाउने, गिराउने खेलमा लागेका छन ।’

मधेसलाई समृद्ध बनाउने कुनै पनि योजना मधेसवादी दलहरुसंग नभएको बताउदै उनले सत्तामा रमाउन नयाँनयाँ गठबन्धन बनाउने र भत्काउने खेलमा रमाउन थालेको बताए । मावन विकास सूचांकमा मधेस सबैभन्दा पछाडी रहेको भए पनि सरकारले त्यस बारेमा कुनै चासो नराखेको उनले बताए ।

‘मधेसवादी दलहरुको विगत र वर्तमान स्पष्ट छ । केन्द्रदेखी प्रदेशसम्म केवल सरकारमा जाने र रमाउने बाहेक अरु केही उपलब्धि छैन् । मधेसलाई उजाड बनाउनेहरुले मधेसलाई समृद्ध बनाउन के गरे ? गम्भिर प्रश्न रहेको छ । यस बारेमा हामी सचेत भएनौ भने मधेसलाई यिनीहरुले कंगाल बनाउने छन । आउने निर्वाचनमा सचेत भएर मतदान गर्न आवश्यक छ,’ आजपा अध्यक्ष साहले भने ।

मधेसको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका विविध समस्याका बारेमा मौन बस्ने मधेसवादी दलहरु सत्ताका लागि जस्तो सुकै सम्झौता गरेर सरकारमा सहभागि हुने तर काम नगर्ने कारणले आज मधेसका जनता निराश भएको उनले बताए ।

जनताको चाहना, आवश्यक्ता र अहिलेको चुनौति एवं समस्याका बारेमा आम जनता पार्टीले निरन्तर रुपमा आवाज उठाउदै आएको बताउदै आजपा अध्यक्ष साहले आम जनतालाई केन्द्रमा राखेर अगाडी बढीरहेको बताए । आउने दिनमा आम जनताको चाहना, र आवश्यक्ता अनुसार शिक्षा, स्वास्थ्य, यातायाात, खानेपानी, सिँचाई लगायतको विकासका लागि आम जनता पार्टीले ठोस काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

‘मधेसलाई समृद्ध मधेस बनाउन सकिन्छ, त्यो योजना हामीसंग छ । जल, जंगल, जमिन सहित सुगम रहेको मधेसलाई समृद्ध मधेस बनाउनदै यहाँका आम जनतालाई हरेक किसिमको सेवा सुविधा दिने योजना हामीले ल्याउनेछौं,’ आजपा अध्यक्ष साहले भने, ‘तपाईहरुलाई थाहा छ, मौलापुर नगरपालिकामा निशुल्क खानेपानी, विधुत छ । शुन्य कर नीति छ, शिक्षा, स्वास्थ्य, यातायात, पोषणदेखी छोरीहरुलाई दिने हरेक सेवा सुविधा छ । ति सबै सेवा सुविधाहरु हामीले सम्पूर्ण मधेसबासी नागरिक, हरेक नेपालीलाई दिने योजना छ । त्यसका लागि तपाईहरुले आम जनता पार्टीलाई साथ र सहयोग गर्नुस ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x