पाकिस्तानको अनुरोधमा ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा

एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राख्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले इरानको सरकार गम्भीर रूपमा विभाजित भएको उल्लेख गरेका छन् । उनले भने, ‘पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज सरिफको अनुरोधमा, हामीलाई इरानमाथिको हाम्रो आक्रमण तबसम्म रोक्न आग्रह गरिएको छ, जबसम्म त्यहाँका नेताहरू र प्रतिनिधिहरूले एक एकीकृत प्रस्ताव ल्याउन सक्दैनन् ।’
उनले लेखेका छन्, ‘त्यसैले, मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयारी र सक्षम अवस्थामा रहन निर्देशन दिएको छु। इरानले प्रस्ताव पेस गरी छलफल कुनै न कुनै रूपमा टुङ्गोमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE