सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

एकान्तकुना यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ: सेवाग्राहीलाई सास्ती दिएको आरोप

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

 सोमबार  १६ चैत २०८२

​काठमाडौ / ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक हैरानी र सास्ती दिने १५ जना बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

​जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको विशेष ‘स्विप अप्रेसन’ टोलीले सोमबार ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

​ललितपुर प्रहरीले जारी गरेको सूचना अनुसार, सेवाग्राहीको गुनासो र कार्यसम्पादनमा अवरोध पुर्‍याउने गतिविधि बढेपछि यो कारबाही अगाडि बढाइएको हो। पक्राउ परेका १५ जनालाई नै हाल प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ र उनीहरूमाथि थप कानुनी अनुसन्धान सुरु गरिएको प्रहरी परिसरले जनाएको छ।

​यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी बढ्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै प्रहरीले पछिल्लो समय यस्ता ‘स्विप अप्रेसन’लाई तीव्रता दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x