शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

“विभिन्न जात–जाती”– राष्ट्रिय एकता र बालप्रतिभाको सन्देशसहितको नयाँ गीत/पहिलो बाल रक–पप गीतमा नायरा प्रसाईको डेब्यु“

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

बिहीबार १२ भदौ २०८२

काठमाडौं / नेपाली बालगीतको क्षेत्रमा पहिलो पटक बाल रक–पप शैलीको गीत सार्वजनिक भएको छ । यस विशेष गीतमार्फत बाल प्रतिभा नायरा प्रसाईले गायन क्षेत्रमा आफ्नो औपचारिक डेब्यु (Debut) गरेकी छन्। नेपाली गीत संगीतको क्षेत्रमा बालबालिकालाई लक्षित गर्दै तयार गरिएको नयाँ गीत “विभिन्न जात जाति ” सार्वजनिक गरिएको छ। यस गीतले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सौन्दर्यलाई उजागर गर्दै, सबै नेपालीबीच आपसी मेलमिलाप, एकता र देशप्रतिको कर्तव्यबोधलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
गीतमा “विभिन्न जात–जाती, वर्ण–भाषा–भाषी, हातमा हात मिलाई सङै नाचौं साथी” भन्ने भावमार्फत नेपालभित्र रहेका विविधता र भिन्नतालाई स्वीकार्दै त्यसैलाई शक्तिको स्रोत बनाउने सन्देश दिइएको छ। देशको सेवा, योगदान र गौरवशाली गोर्खाली पहिचानलाई गीतमार्फत विशेष महत्व दिइएको छ।
गीतका शब्द वरिष्ठ गीतकार डा. ओमकृष्ण प्रसाईले लेखेका छन् भने संगीत प्रतिभाशाली संगीतकार महेश ज्ञवालीले सिर्जना गरेका हुन्। सुमधुर स्वरमा प्रस्तुत गरिएको यस गीतलाई आधुनिक शैलीमा सञ्जय हमालले एरेन्ज गरेका छन्।
संगीतलाई दृश्य माध्यमबाट जीवन्त बनाउन बिमल ढकालले क्यामेरा र निर्देशन गरेका छन् भने सम्पादनको जिम्मेवारी ललित सावदले पूरा गरेका छन्, यस्तै गीतकार स्वयं डा ओमकृष्ण प्रसाईको च्यानल मार्फत सार्वजनिक गरिएको यो म्युजिक भिडियोले परम्परागत बालगीतको स्वादसँगै आधुनिक रक–पप शैली मिसिएको यस गीतले नेपाली बालसंगीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।
यस गीतमा दाजु–भाइ, दिदी–बैनीबीचको आपसी सम्बन्ध, आमाको ममता र बाबाको सपना पूरा गर्ने प्रतिबद्धता, साथै देशको झन्डालाई सगरमाथाको उचाइमा फहराउने आकांक्षा समेत जोडिएको छ। गीतले बालबालिकालाई असल, ज्ञानी र देशप्रेमी बन्न प्रेरणा दिन्छ।
“विभिन्न जात–जाती” गीतमार्फत राष्ट्रिय एकता, सांस्कृतिक विविधता र देशभक्ति भावनालाई बालसंगीतमा नयाँ धारको रूपमा प्रस्तुत गर्दै नेपाली बालगीतलाई नयाँ धार र स्वरूप दिनुका साथै बालबालिकालाई आधुनिक संगीतसँग परिचित गराउने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x