शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

पश्चिमी कमजोर वायुको प्रभावः तराईमा हुस्सु, पहाड र हिमालमा हल्का वर्षा–हिमपातको सम्भावना

Spread the love

मङ्गलबार २७ माघ २०८२
काठमाडौँ / नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराईका भूभागमा तुवाँलो र हुस्सु लागेको छ भने सुदूरपश्चिम, कर्णाली तथा उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु कायम रहन सक्ने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ।
राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x