शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

ओली नै अध्यक्ष हुनुपर्ने एमाले दोलखाको जिल्ला कमिटीको निर्णय

Spread the love

आइतबार २३ कार्तिक २०८२

काठमाडौ / नेकपा एमाले दोलखा जिल्ला कमिटी बैठकले एमालेको अभिभावकको रूपमा केपी शर्मा ओलीको विकल्प नरहेको भन्दै ओली नै अबको महाधिवेशनबाट अध्यक्ष हुनुपर्ने निर्णय गरेको छ।

बैठकको निर्णय सार्वजनिक गर्न आइतबार चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज पार्वत गुरुङ,अध्यक्ष नरबहादुर श्रेष्ठ,बागमती प्रदेश मन्त्री भरत केसीलगायतले ओलीको निरन्तरताको निर्णय सुनाएका हुन्।

११ औँ महाधिवेशनको तयारी भइरहेका बेला जिल्ला कमिटी बैठकबाटै ओली नै अध्यक्ष रहिरहनुपर्ने निर्णय गर्ने दोलखा पहिलो जिल्ला कमिटी बनेको छ।

बैठकको निर्णयमा भनिएको छ– नेकपा एमालेको अभिभावकको रूपमा रहेको राष्ट्रवादी नेता कमरेड केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको बैठकले ठहर गरेको छ।

पत्रकार सम्मेलनमा बैठकले गरेका १४ बुँदे निर्णय सार्वजनिक गर्दै एमालेले कालिञ्चोक केबलकारलगायत दोलखाका राजनीतिक दलका नेताहरूका व्यक्तिगत सम्पत्तिमाथि गरिएको आक्रमणको निन्दा गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x