शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण

बुधबार ७ कार्तिक २०८१

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली कांग्रेस प्रदेशसभा (२) कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको पार्टीको सयदिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण गरिएको छ ।

शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका गरी १४ जना बालबालिकालाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले मङ्गलबार ह्वीलचियर वितरण गरेको हो ।

शारीरिक अपाङ्गता भएका हिँडडुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई मन्त्री थापाले ह्वीलचियर वितरण गरेको पार्टीका प्रदेशसभा (२) कार्यसमितिका सभापति करनसिंह ऐरले बताए । ह्वीलचियर रुडुक नेपालका केन्द्रीय उपाध्यक्ष जोत्सना साउदको पहलमा उपलब्ध गराइएको उसले जानकारी दिए ।

प्रदेशका तर्फबाट पनि अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध गराउने कार्यसँगै स्वरोजगारसँग जोड्न विशेष कार्यक्रम सञ्चलन गर्ने प्रतिबद्धता मन्त्री थापाले व्यक्त गरे ।राससबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv