शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग परामर्श

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

बिहीबार  १७ वैशाख २०८३

काठमाडौ / राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारले सिफारिस गरेका अध्यादेशहरूका विषयमा कानुनविद्हरूसँग छलफल थालेका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवास मा जारी छलफलमा विभिन्न वरिष्ठ अधिवक्ताहरू सहभागी रहेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार महादेव यादव, शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेत लगायतका कानुनविद्हरू बैठकमा सहभागी छन्।
छलफल अघि राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x