सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

भुटानी राजा आज नेपाल आउँदै

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं / भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा वाङचुक आज नेपाल आउँदैछन्। भारत भ्रमणमा आएका उनीहरू भुटान फर्किने क्रममा ट्रान्जिट भिजिटका रूपमा तिन–चार घण्टाका लागि काठमाडौंको आउन लागेका हुन् ।

भुटानका पाँचौँ राजा जिग्मेको नेपालमै जन्म भएको थियो । उनीहरु अहिले बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । उनीहरुले नेपालमा रहँदा स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ। ​उनीहरु त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्। त्यसपछि उनी बौद्धनाथ जानेछन्।

भुटानी राजारानी नेपाल आउने भएपछि बुधबारदेखि नै विमानस्थलदेखि उनीहरुले भ्रमण गर्ने क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

उनको यो भ्रमण राजनीतिक सामाजिकभन्दा पनि धार्मिक र नितान्त व्यक्तिगत भएको बताइएको छ।

भारतको औपचारिक भ्रमणमा आएका भुटानका राजारानीले बिहीवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv