बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

थारू संघ–संस्थालाई संविधान संशोधन बहसमा सक्रिय हुन बुद्धसेन चौधरीको आग्रह

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

आइतबार ३ जेठ २०८३
काठमाडौं / थारू भाषा साहित्य केन्द्र नेपालका उपाध्यक्ष तथा बुद्धिजीवी बुद्धसेन चौधरी ले संविधान संशोधनको बहस सुरु भइसकेको भन्दै थारू समुदायसँग सम्बन्धित संघ–संस्थालाई समयमै तयारीमा जुट्न आग्रह गरेका छन्।
उनले विभिन्न राजनीतिक दलहरूले संविधान संशोधनका लागि समिति गठन गरिसकेको भए पनि थारू समुदायका संघ, संगठन तथा मञ्चहरूले अपेक्षाअनुसार चासो नदिएको बताएका छन्।
चौधरीका अनुसार नामाङ्कन, सिमाङ्कन, शासकीय स्वरूप, प्राकृतिक स्रोतमा अधिकार, राज्यका निकायमा प्रतिनिधित्व तथा बजेट सुनिश्चितता जस्ता विषयमा व्यापक छलफल र सहकार्य आवश्यक छ। उनले अन्तर्राष्ट्रिय मूल्य–मान्यता तथा तथ्यपरक आधारमा तार्किक निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका छन्।
संविधान संशोधनको वर्तमान चरणमा थारू समुदायको स्पष्ट धारणा, साझा एजेन्डा र संगठित तयारी महत्त्वपूर्ण हुने उनको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x