शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

रास्वपाका नेता राणाले दिए पार्टीबाट राजीनामा 

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

बिहीबार २९ माघ २०८२

काठमाडौं /  राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौंका नेता प्रणयशम्शेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । बिहीबार राणाले पार्टीले बेथितिलाई संस्थागत गरेको आरोप लगाउँदै आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल सङ्गठन र साङ्गठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

उनले पार्टीभित्रको प्राइमरी निर्वाचनमा पनि आर्थिक अपचलन भएको आरोप लगाएका छन् । केही समयअघि राणाले पार्टीले उम्मेदवार बन्न चाहनेहरूबाट शुल्क उठाएको तर प्राइमरी निर्वाचन नगरेकोले त्यो शुल्क फिर्ता गर्न माग गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x