शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

१५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

Spread the love

आइतबार १८ मघ २०८२
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ। त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतका क्षेत्र नम्बर १ र २, रुकुमपश्चिम, बाजुरा र अछामका क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ तथा सुनसरी क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको मतपत्र छपाइ पनि सम्पन्न भइसकेको आयोगले जनाएको छ।
आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ। त्यस्तै समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइ कार्यसमेत पूरा भइसकेको छ।
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै आयोगले बाँकी जिल्लाको मतपत्र छपाइ र व्यवस्थापन कार्य पनि तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x