शुक्रबार, चैत्र २८, २०८१
Friday, April 11, 2025

पूर्वगृहमन्त्रीका छोरा प्रतीक थापा पक्राउ

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

शुक्रबार १४ असार २०८१

काठमाडौं / पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापालाई पक्राउ परेका छन्।

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी फरार थिए।

उक्त प्रकरणमा पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए। निरज राई हालसम्म फरार रहेका छन्। थापा भने लामो समयपछि पक्राउ परेका हुन्।

बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको भन्दै प्रहरीले अनुसन्धान गरेको थियो।

(डिसिनेपाल बाट )

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv