शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

मौलापुरको विकास यात्रा : देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास मोडेल अध्ययन गर्न अन्य पालिका आकर्षित
  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

रौतहट, १५ वैशाख ।
रौतहटको मौलापुर नगरपालिका अहिले विकास, सुशासन र जनमुखी कार्यक्रमका कारण देशकै लागि सिकाइ केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। यहाँको विकास पूर्वाधार तथा सामाजिक रूपान्तरणका कार्यक्रमहरू अध्ययन गर्न विभिन्न पालिकाबाट भ्रमण टोली आउने क्रम तीव्र रूपमा बढेको छ।
यसैक्रममा आज कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाका उपमेयरसहित ३० सदस्यीय टोलीले मौलापुरको अवलोकन भ्रमण गरेको छ। भ्रमण टोलीलाई मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले स्वागत गर्दै यहाँ कार्यान्वयनमा रहेका विकास योजनाबारे विस्तृत जानकारी गराइन्।


मेयर साहका अनुसार मौलापुरमा सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, यातायात, आवास निर्माण लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिएको छ। उनले विशेषगरी स्थानीय जनताको प्रत्यक्ष सहभागितामा आधारित विकास मोडेल नै मौलापुरको सफलताको मुख्य आधार भएको बताइन्।
मौलापुरको विकास मोडेलबाट प्रभावित भई चितवन, कपिलवस्तु, रुपन्देहीलगायत विभिन्न जिल्लाबाट अध्ययन तथा अवलोकनका लागि टोलीहरू आउने गरेका छन्। ती टोलीहरूले यहाँ कार्यान्वयन गरिएका योजनाहरू आफ्ना पालिकामा पनि लागू गर्ने प्रयास गरिरहेका छन्।
मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली–पानी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार तथा एकीकृत दलित बस्ती निर्माण जस्ता कार्यक्रमहरूले देशव्यापी चर्चा पाएका छन्। यी पहलहरूका कारण मौलापुरको विकास अनुभव नेपाल मात्र नभई छिमेकी मुलुक भारतको बिहार राज्यसम्म पनि चर्चाको विषय बनेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x