बिहीबार २२ साउन २०८२
काठमाडौ / आज संघीय संसद् अन्तर्गत तीन संसदीय समितिको बैठक बिहान ११ बजे बस्ने भएका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी ऐन संशोधन विधेयकमाथि दफावार छलफल हुनेछ।
सोही समयमा महिला तथा सामाजिक मामिला समितिले आफ्ना निर्देशन कार्यान्वयनको अवस्थाबारे छलफल गर्नेछ। दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।







WRITE COMMENTS FOR THIS ARTICLE