मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य पदका लागि मनाङमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्।
शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार गुरुङ विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेल ले जानकारी दिएका छन्।
गुरुङले २ हजार ४१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी) ले ४५४ मत प्राप्त गरेकी छन्।
यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने अझै बाँकी रहेको छ। मनाङमा प्राप्त यो जितसँगै नेपाली कांग्रेसको दोस्रो जित भएको छ। यसअघि कांग्रेसले मुस्ताङ बाट पनि जित हासिल गरिसकेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE