शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

महिला टी–ट्वान्टी  विश्वकप  एसिया छनोट :  नेपाल र  बहराइन भिड्दै 

Spread the love

 

शनिबार  २७ बैशाख २०८२

काठमाडौं / नेपाली महिला क्रिकेट टाेलीले आज  बहराइनसँग भिडदैँछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज दाेस्राे खेल बहराइनसँग खेल्न लागेकाे हाे ।

आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको  हिजाे हुने भनिएको पहिलो खेल रद्द भएको थियाे, जसका कारण दुवै टिमले १-१ अंक बाँडे‌का छन् ।

थाइल्यान्डमा हिजाे देखि सुरु हुने भनिएको क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे थियाे । शुक्रबार राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । साे खेल बिहान ८ः४५ बजे सुरू हुनुपर्ने तालिका रहेको थियो ।

भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे टाेलीले हिजाे पहिलाे खेल बिहान ८:१५ बजे हङकङसँग प्रतिस्पर्धा गर्न नपाए पनि शनिवार भने बहराइनसँग खेल्न सक्ने सम्भावना रहेकाे छ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दाेस्राे खेल भोलि बहराइनसँग खेल्नेछ ।

 नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x