शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सदनमा रवि लामिछानेको सांसद पद निलम्बनको विरोध गर्ने रास्वपाको निर्णय

Spread the love

बुधबार १६ माघ २०८१

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले रास्वपा संसदीय दलका नेता तथा सभापति रवि लामिछाने विरुद्धको राजनीतिक प्रतिशोषको बिषय उठान गर्ने, सहकारीका मुद्दा, अर्थतन्त्रका बिषय, असन्तुलित परराष्ट्र नीतिका विषयमा समेत सदनमा सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

साथै सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो।

उनले सरकार गठनका समयमा भएको सात बुदे समझदारीको समेत विरोध गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यस्तै बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएको विवादका क्रममा भएको झडपको भत्र्सना गर्दै पीडितहरुलाई न्याय दिन समेत माग गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x