‘पाँच सय डिपबोरिङ गाड्ने प्रधानमन्त्रीको योजना कहाँ हरायो ?’:आजपा नेतृ रञ्जु साह

शुक्रबार १६ साउन २०८२
कलैया / आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य रञ्जु साहले तराई मधेसका किसानसंग प्रधानमन्त्री केपी शर्मा ओलीले हेलचक्रयाइँ गरेको आरोप लगाएकी छन् । प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि १०औँ दिन बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउँन सकेका छैनन् ।
जलसंकट भएर तराई मधेसका पानीको हाहाकार छ । खानेपानीदेखी किसानहरुले खेतीपाती गर्नका लागि पानी नपाउँदा धानबाली संकटमा परेको बताउदै आजपा नेतृ साहले सरकारले समस्याको समाधानका लागि ध्यान नदिएको बताएकी छन् । आजपाद्धारा बाराको विश्रामपुरमा आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘प्रधानमन्त्रीजी तपाईको सुख्खाक्षेत्र घोषाण के भयो ? तपाईले मधेसमा पाँच सय डिपबोरिङ गाडछु भन्नुभएको थियो । तर आज १० दिन भयो, त्यो डिपबोरिङ कहाँ–कहाँ गाडनुभयो ? डिपबोरिङ बारेमा तपाईकै सरकारी निकायलाई थाहा छैन । न सिचाइलाई थाहा छ, न त खानेपानी मन्त्रालयलाई थाहा छ,’ आजपा नेतृ साहले भनिन्, ‘न योजना छ, न बजेट छुट्याउनुभएको छ । मधेसी जनतासंग यस्तो भद्धा मजाक किन ? तपाई त विदेशबाट महंगो मिनिरल वाटर मगाएर खानुहुन्छ । तर मधेसका जनताले साधारण पानी नपाएर तडपाउने काम किन गर्नुहुन्छ ?’
आश्वासन नभई पीडित जनतालाई राहत प्याकज दिन उनले माग गरेकी छन् । अहिले मधेसमा खानेपानी नपाएर जनता मारमा परेका छन् । चापाकल सुकेको छ, इनार सुकेको छ तर पनि सरकारले यस्तो गम्भिर बिषयमा ध्यान नदिइ जनताको भावनासंग खेलवाड गरिरहेको उनले बताएकी छन् ।
सरकारले मधेश प्रदेशमा जलसंकट देखिएपछि मधेशका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । खानेपानीदेखि खेतीकिसानीका लागि आवश्यक पानीको हाहाकार भएपछि विपद् संकटग्रस्त घोषणा भएको मधेशका गाउँमा भने कुनै राहत नपुगेको आम महिला मोर्चाका उपाध्यक्ष समेत रहेकी नेतृ साहले जनाएकी छन् ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE