शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

अमेरिका र नेपाल बिच प्रतिस्पर्धा हुँदै 

Spread the love

messenger sharing button

आइतबार ९ कार्तिक २०८२

काठमाडौं /आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान पौने १२ बजे सुरु हुनेछ।

तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ।

सन् २०२४ मा सुरू भएर २०२७ सम्म सञ्चालन हुने विश्वकप लिग टूमा अहिले आधाभन्दा धेरै खेल सकिएका छन्। नेपालले भने खेल्नुपर्ने ३६ मध्ये १६ खेल खेलेको छ। १६ मध्ये पाँच खेलमात्रै जितेको नेपाल अहिले तालिकाको सातौं स्थानमा छ। यता अमेरिकाले भने २० खेलबाट २८ अंक जोडिसकेको छ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म नौ खेल भएका छन्। त्यसमध्ये नेपाल र अमेरिका समान चार–चार खेलमा विजयी भएका छन्। तर पछिल्ला पाँच खेलमा नेपालले एक मात्र जित हासिल गर्न सकेको छ। सन् २०२३ को जुनमा नेपालले अमेरिकालाई पछिल्लो पटक हराएको थियो।

त्यसपछि अमेरिकाले नेपालविरूद्ध दुई जित निकालिसकेको छ। यी दुई टिमबीच यूएईमा पहिलो पटक खेल हुन लागेको हो। यसअघि नेपालले यूएईको सारजाहमा वेस्ट इन्डिजलाई नै हराएको थियो।

यो सिरिज सुरू हुनुभन्दा एक हप्ता अघि नै नेपाली टिम यूएई पुगेर त्यहाँ अभ्यास गरिरहेको छ। एक महिनाभन्दा लामो यूएई र ओमान बसेको नेपाली टिमले त्यहाँको वातावरणमा राम्रो तयारी गरेको बताएको छ।

यसअघि नेपाल आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बनेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x