शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

भण्टाबारीबाट स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

 कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको हो ।

    मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शङ्का लागेर निरीक्षण गर्दा स्रोत नखुलेको रकमसहित शुक्रबार नियन्त्रणमा लिइएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x