बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

विश्व बाल दिवसको अवसर पारेर मन्त्री पौडेलद्वारा बाल क्यान्सर निशुल्क सेवाको सुभारम्भ

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

बिहीबार ६ मङ्सिर २०८१

काठमाडौं / भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर विरामीहरुको उपचारमात्र निशुल्क नभई औषधी समेत निशुल्क दिने बाल क्यान्सर निशुल्क सेवाको समुद्घाटन गरिएको छ ।

बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलबाट बाल क्यान्सर निशुल्क सेवाको सुभारम्भ गरिएको हो ।

उद्घाटनपछि मन्त्री पौडेलले,अहिलेसम्म औषधि समेत निशुल्क हुने कुनै पनि निशुल्क सेवा राज्यले घोषणा नगरेको भन्दै आफूहरुले तयारीका साथ उक्त सेवा घोषणा गरेको बताए ।

उनले भने, ‘सबै बालबालिकालाई सेवाको सन्दर्भमा अस्पताल भन्दा बाहिरको त कुरा भएन तर अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवामा निशुल्क र औषधीमा पनि निशुल्क गर्ने यो पहिलो चोटी भएको हो । औषधि समेत निशुल्क हुने कुनै पनि निशुल्क सेवा राज्यले यो भन्दा अगाडि घोषणा गरेको छैन् । हामीले तयारीका साथ यो घोषणा गरेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले १४ वर्ष मुनिका क्यान्सर विरामीहरुलाई मंसिर २ गते देखि निःशुल्क उपचार सेवा शुरु गरिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x