‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

बिहीबार ७ फागुन २०८२
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।
आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि निर्माण गरी लागू गरेको जनाएको छ। कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ।
उक्त सूचना आयोगले आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ।
कार्यविधिअनुसार नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश गरिनेछ।
यसैगरी, कुनै व्यक्तिको नाम छुटेको वा नाम तथा विवरणमा त्रुटि देखिएको खण्डमा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिई नाम समावेश वा सच्याउन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE