शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

सर्लाहीमा ९ जना बिचौलिया पक्राउ

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सोमबार २३ चैत २०८२
सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४:५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
ट्रायल सेन्टरबाट पक्राउ पर्नेहरूमा मलंगवा–६ का २७ वर्षीय जयप्रकाश साह र मलंगवा–८ का २० वर्षीय रबी साह रहेका छन्।
त्यस्तै, मालपोत कार्यालय परिसरबाट हरिपुर्वा–६ का ४० वर्षीय प्रमोदकुमार यादव, मलंगवा–१ का ५८ वर्षीय नन्दकिशोर यादव, ब्रह्मपुरी–७ का ४५ वर्षीय नागेन्द्र यादव, चन्द्रनगर–१ का ४५ वर्षीय रामबिनय राय, कबिलासी–१ का ३२ वर्षीय रञ्जनकुमार ठाकुर, चक्रघट्टा–२ का ४० वर्षीय प्रमोद साह र ईश्वरपुर–५ का ४१ वर्षीय योगेन्द्र महतो पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीसँग अतिरिक्त रकम असुल्दै काममा अवरोध पु¥याइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x